काठमाडौँ – प्रभु बैंक र अरबिट मेडिकल स्न्ट्रान्स लिमिटेडबीच सम्झौता भएको छ । शुक्रबार गरिएको उक्त सहमति अनुसार प्रभु बैँक अरबिटको आधिकार बैँक भएको छ ।


ADVERTISEMENT


सम्झता अनुसार अरबिटसंग आवद्ध शैक्षिक परामर्श सेवा उपलब्ध गराउने संस्थाबाट शिफारिश भइ आएका उच्च शिक्षा हाशिल गर्न विदेश जाने बिद्यार्थीहरुले बैकको सबै शाखाहरुबाट नगद जम्मा गर्ने, बिदेशी मुद्रा सटही सुविधा, स्वीफ्ट, टीटी, अनलाइन सेवा वा ड्राफ्टका माध्यामबाट गरिने SWIFT,TT, Online payment, Draft आदिका माध्यमबाट गरिने IELTS, TOEFL, PTE, CAE, SAT, GRE, GMAT, ट्युसन फी आदि शैक्षिक शुल्क भुक्तानी गर्न सकिने छ ।


ADVERTISEMENT

# # #


यस्तै शैक्षिक कर्जा आवश्यक परेमा सर्व सुलभ तरिकाबाट कर्जा उपलब्ध गराइने बैँकले जनाएको छ । सो कार्यलाई अझ सुव्यवस्थित गर्नको लागि बैकको कमलादी शाखालाई मुख्य सम्पर्क केन्द्र तोकिएको छ । बैँकको उक्त कार्यबाट धैरे भन्दा धैरे बिदेशमा अध्ययनका लागि जाने बिद्यार्थीहरु तथा तिनका आश्रीतहरु लाभान्भित हुने अपेक्षा गरीएको छ ।

उक्त सहमति पत्रमा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा अरबिटका तर्फबाट कम्पनीका प्रवन्ध संचालक सुनिल रेग्मीले हस्ताक्षर गरेका छन् ।