काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच पारवाहन लगायतका विषयमा सहज व्यवस्था हुन आवश्यक रहेको बताएका छन् ।


ADVERTISEMENT


आज नेपाल उद्योग वाणिज्य महासंघ र मारिटाइम गेटवेको आयोजनामा आज प्रथम नेपाल पारवहन सहजीकरण सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले नेपाल भारतबीच उल्लेखनीय परिमाणमा व्यापार, लगानी, पर्यटन र जनता–जनताबीचको आवतजावत भइरहेको सन्दर्भमा दुई देशबीचको सम्बन्धको चर्चा गर्दै नेपाल भारत असल छिमेकी भएको बताए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले भने “व्यापार र पारवाहन व्यवस्थापनलाई सहज, झन्झट मुक्त र मितव्ययी बनाउन स्मार्ट लजेस्टिकको महत्वपूर्ण भूमिका हुने गर्दछ । ” नेपाल र भारतबीच निकै पुरानो वहुआयामिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले भने, “हाम्रो सम्बन्धले खासगरी बदलिएको राजनीतिक र आर्थिक परिवेशमा नयाँ उचाइ हासिल गर्दैछ ।”

प्रधानमन्त्री ओलीले नेपाल भारत निकट छिमेकीहरु मात्र नभएर अभिन्न मित्रहरु समेत भएको धारणा राखे । उनले भने “दुई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देशका रुपमा नेपाल र भारतबीच बढीभन्दा बढी अन्तरकृया र सहकार्य हुन अत्यावश्यक छ । यस्तो अन्तरकृया र सहकार्य सार्वभौम समानता, आपसी विश्वास, सम्मान र सहयोगमा आधारित भएर सरकार र जनता तहमा हुनु पर्दछ । ”