काठमाडौँ – संघीय संसदको प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले नाराबाजी गर्दै संसद अवरुद्ध बनाएका छन् । संसद बैठक शुरु भए लगत्तै दुई पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए ।


ADVERTISEMENT


विरोधका बीच सभामुख कृष्णबहादुर महराले शुन्य समयको कार्यसूची प्रारम्भ गर्ने तयारी गरेपछि सांसदहरुले रोस्टम घेर्दै नाराबाजी शुरु गरेका थिए ।


ADVERTISEMENT

# # #


उनीहरुले सर्लाही घटनाको छानविन गर्न संसदीय छानविन गठन गर, संसदीय सर्वोच्चता कायम गर, मानव अधिकारको हनन गर्न बन्द गर जस्ता नारा लगाएका थिए ।

सभामसुख महराले बैठक लामो समयदेखि अवरुद्ध भएका कारण सांसदले कतिपय विषयमा आफ्ना भनाई राख्न नपाएको भन्दै अवरुद्ध नगर्न आग्रह गरे । तर प्रतिपक्षी कांग्रेस र राजपाका सांसदले नारा लगाइरहेपछि सभामुखले बैठक १५ गतेसम्मका लागि स्थगित गरेका छन् ।