काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारद्वारा प्रतिबन्धित नेत विक्रम चन्द नेकपामा नआए सिद्धिने दाबी गरेको छन् ।


ADVERTISEMENT


सोमबार बिहान निवास खुमलटारमा विप्लव समूह छाडेर नेकपामा प्रवेश गर्ने नेताहरुलाई स्वागत गर्ने क्रममा प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् । पार्टी प्रवेश गर्नेहरुलाई ठीक समयमा ठीक ठाउँमा आएको भन्दै उनले भने, ‘ढिलो छिटो विप्लव पनि यहीँ आउनुपर्छ । कुनै उपाय छैन । कि सिद्धिनुपर्छ कि यहीँ आउनुपर्छ ।’


ADVERTISEMENT

# # #


दुई चारजनाले चाहँदैमा क्रन्ति सम्भव नहुने बताउँदै उनले क्रान्ति भन्ने कुरालाखौँ करोडौँ जनताको काम भएको बताए । ‘लेलिनले भन्ने गरेको जस्तै दुई चारजनालाई रहर लाग्यो म क्रान्ति गर्छु भनेर हुने चिज होइन । दुईचार जनाले चाहँदैमा हुँदैन । जनताबिना यो हुन सक्ने कार्य पनि होइन ।’ क्रान्तिको बाटो सरल नभई घुम्ती मोड हुँदै बक्र रेखामा हुने उनले बताए ।

यस्तै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा केही प्रतिक्रियावादीहरु लागेको आरोप लगाए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रका नेतृत्वकर्ताहरुलाई सिद्ध्याउन पाइयो भने यसलाई पनि उल्ट्याउन सकिन्छ भनेर आजभोली अलि बढी नै फोकस गरेर हाम्रा विरुद्ध षड्यन्त्रहरु बढेका छन्’ उनले भने ।

उनले आफूलाई जनआन्दोलनको मुद्दामा कसैले हेग(अन्तर्राष्ट्रिय अदालत) लगेर पनि केही फरक नपर्ने बताए । ‘हग लग्यो भने त म विश्वकै हिरो भएर निस्किन्छु ।’ उनले भने, ‘संसारकै जनताले एक पटक चिनेर यो त शान्ति र न्यायको पक्षमा रहेछ भन्ने ठाउँ हुन्छ ।’ यद्दपी आफूलाई हेग लगेर विश्वको हिरो बनाउँछन् भन्ने नलागेको उनले बताए ।

नेपालमा संघीय गणतन्त्र रहँदासम्म कोहीपनि कमजोर नहुने बताउँदै उनले आफूहरुलजाई जहाँ लगेपनि हिरो हुने बताए । तर संघीय गणतन्त्र उल्टियो भने नेपालले नै दुःख पाउने र बर्बाद हुने खतरा रहेको उनले उल्लेख गरे । देश र जनतालाई माया गर्नेहरुले यसको रक्षा गर्नु जरुरी रहेको उनले बताए ।

आजै विप्वलका ८ नेता, कार्यकताहरू नेकपामा प्रवेश गरेका थिए ।