काठमाडौँ । महाराजगञ्ज नर्सिङ क्याम्पसमा जारी आन्दोलनमा अनेराश्ववीयुले एेक्यबद्धता जनाएको छ ।


ADVERTISEMENT


महाराजगञ्ज क्याम्पसमा गैरकानूनी रुपमा गरिएको भर्ना रद्ध, मेरिट अनुसार पिजी तथा एमबिबिएसमा भर्ना, पिजी आरक्षण निशुल्क लगायत चिकित्सा शिक्षा सम्बन्धि छ बुँदे मागपत्र राख्दै स्वतन्त्र विद्यार्थी युनियनले आन्दोलन गरिरेहेको भन्दै अनेरास्ववियुले तत्काल माग पुरा गर्न सम्बन्धित निकायलाई चेतावनी समेत दिएको छ ।


ADVERTISEMENT

# # #


एक बिज्ञप्ति जारी गर्दै अध्यक्ष नविना लामाले जायज माग राखी चिकित्सा क्षेत्र सुधारका लागि लड्दा–लड्दै पनि सम्बन्धित निकायले बद्नियत राखेको भन्दै आक्रोस पोखेकी छन् ।