काठमाडौं । काठमाडौं ईन्जिनियरिङ कलेजमा बिहिबार भएको आक्रमणका दोषी माथि कारबाही नभए कडा आन्दोलन गर्ने अनेराश्ववीयुले चेतावनी दिएको छ ।


ADVERTISEMENT


क्याम्पस प्रशासनको मिलेमतोमा आफ्ना बिधार्थी नेताहरु माथि अन्धाधुन्ध आक्रमण गरी गम्भिर घाईते बताएको आक्रोसमा तत्काल दोषी माथि कारबाही सुरु नगरे आन्दोलनमा उत्रने चेतावनी अनेराश्ववीयुले दिएको हो ।


ADVERTISEMENT

# # #


अध्यक्ष नबिना लामाद्धारा हस्ताक्षरित बिज्ञप्तिमा दोषी उपर तत्काल कारबाही गर्न र घाईतेहरुको उपचार बेहोर्न जोडदार माग गर्दै त्यसो नभए कडा प्रतिकार र आन्दोलनमा उत्रने उल्लेख गरिएको छ ।

चरम मण्डले दादागिरीले आक्रमण गरिएको भन्दै दोषीलाई कारबाही नगरे अखिल आँफै ईटाको जवाफ पत्थरले दिन तयार समेत गरेको बताईएको छ ।