काठमाडौँ – एनआईसी एशिया बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा कास्कीस्थित “रामबजार जेष्ठ नागरिक मिलन केन्द्र” लाई एलईडी टेलिभिजन हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


उक्त सहयोग स्वरुप दिइएको टेलिभिजन बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्माले एक कार्यक्रमका बीच रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई हस्तान्तरण गरे । एनआईसी एशिया बैंकले गरेको यो सहयोगले सो केन्द्रका वृद्धवृद्धालाई सूचना तथा मनोरञ्जनका सामग्रीमा सहज पहुँच हुने विश्वास बैंकले लिएको छ ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २९३ शाखा कार्यालयहरु, ३१९ एटिएम, ५२ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।