कैलाली – गोदावरी नगरपालिका–२ अत्तरिया बजारस्थित डेलिसेस होटेलबाट चितुवाको छाला २ थानसहित दुईजना पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा चुरे गाउँपालिका–१ निगालीका ३२ वर्षीय रामबहादुर बिष्ट र डोटी गढी केदार गाउँपालिका–५ भैराका २३ वर्षीय राजेन्द्र थापा रहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त होटल जाँच गर्ने क्रममा सोमबार साँझा उनीहरुलाई चितुवाको छालासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।