काठमाडौँ – नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन–२०५१ कार्यान्वयनका लागि दबाबमुलक आन्दोलन गर्ने भएको छ । महासंघको श्रमजीवी हित प्रवर्वद्धन समितिको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT


बैठकले महासंघले सरकारलाई ऐन कार्यान्वयन गर्न र सञ्चारगृहलाई श्रमको सम्मान गर्दै ऐन कार्यान्वयन गर्न गरिएको आग्रह बेवास्ता गरेका कारण महासंघ पुनः आन्दोलित हुनुपर्ने अवस्था आएको बताएको छ ।


ADVERTISEMENT

# # #


बैठकले दरबन्दी नबुझाएका सञ्चार गृहलाई कानुनी रुपमा विवरण बुझाउन बाध्य पार्न दबाब सृजना गर्ने जनाएको छ । श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिक लागू गराउन केन्द्रीय समितिको बैठक बसी आन्दोलनका कार्यक्रम घोषणा गर्ने बैठकले निर्णय गरेको छ ।