काठमाडौँ – आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई उपस्थित भएका थिए । त्यही बैठकमा नेकपाका नेता माधव नेपाल लगायतका सांसदहरु उपस्थित थिए ।


ADVERTISEMENT


बैठकमा नवनियुक्त मन्त्री भट्टराईलाई सांसदहरुले बधाई दिए । त्यसपछि बोल्दैगर्दा मन्त्री भट्टराई भावुक बने । आफू गम्भीर बिरामी हुँदा नेता नेपालले ढाडस दिएको स्मरण गर्दै उनको गला अवरुद्ध भयो । विसं २०४६ सालमा आफू डाक्टरले समेत आस मार्नेगरी बिरामी भएका बेला माधव नेपाल भेट्न आएको सम्झिए ।


ADVERTISEMENT

# # #


योगेश भावुक बनेपछि संगै रहेका नेता नेपाल पनि भावकु बने । उनलाई सम्हालिन केही बेर लाग्यो ।