काठमाडौँ – एनआईसी एशिया बैंक र होटल ह्यारिसन प्यालेस, बन्जारा चोक विराटनगरबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकवर्ग तथा कर्मचारीलाई होटल ह्यारिसन प्यालेसका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशत सम्मको छुट प्रदान गर्ने छ ।


ADVERTISEMENT


उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख दीपक थापा र होटल ह्यारिसन प्यालेसको तर्फबाट होटलका म्यानेजर प्रदीप पोखरेलज्यूले हस्ताक्षर गरेका छन् । यसबाट प्रदेश १ को मुख्य शहर विराटनगर घुम्न जानुहुने बैंकका ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २९५ शाखा कार्यालयहरु, ३२० एटिएम, ५५ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।