काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।


ADVERTISEMENT


त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली निंछीलाई पक्राउ गरेको हो । २३ वर्षीय ली निङसिङ आइतबार राति ११ः४५ बजे ड्रागन एयरको जहाजमा हङकङबाट नेपाल आएका थिए ।


ADVERTISEMENT

# # #


विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरका अनुसार लीले कम्मरमा लगाउने कपडाको पेटीभित्र सुन हालेर लगेजमा राखेका थिए।