एजेन्सी – पाकिस्तानले भारतसँगको व्यापारिक सम्बन्ध तोड्ने घोषणा गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बुधवार बसेको पाकिस्तानी राष्ट्रिय सुरक्षा समितिको बैठकले भारतसँगको द्विपक्षीय व्यापारिक सम्बन्ध तोड्ने घोषणा गरेको हो । बैठकमा पाकिस्तानी विदेश मन्त्री, रक्षा मन्त्री, गृह मन्त्रीसहित सेना र गुप्तचर निकायका उच्च अधिकारी समेत सहभागी थिए ।


ADVERTISEMENT

# # #


पाकिस्तानले भारतीय संविधानको धारा ३७० ले जम्मू कश्मीरलाई दिएको विशेष अधिकार खारेज गर्ने मोदी सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आएको छ। यही विषयलाई लिएर पाकिस्तानले यति ठूलो निर्णय गरेको हो ।

साथै पाकिस्तानले भारतमा रहेको आफ्नो दूतावास समेत फिर्ता बोलाउने निर्णय गरेको छ । एआरवाई टिभीसँग पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुररशीले बताए अनुसार दिल्लीस्थित पाकिस्तानी दूतावासबाट आफ्ना राजदूत चाँडै फिर्ता बोलाइने छ भने इस्लामाबादबाट भारतीय राजदूतलाई पनि फिर्ता जान आग्रह गरिनेछ ।

साथै बैठकले जम्मू कश्मीर मुद्दालाई संयुक्त राष्ट्रसंघ र सुरक्षा परिषदमा उठाउने निर्णय गरेको छ ।

बैठकले पाकिस्तानको स्वतन्त्रता दिवस १४ अगस्टमा कश्मीरीको साथ एकजुट प्रदर्शन गर्ने रूपमा मनाउने निर्णय गरेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री इमरान खानले मानवाधिकार उल्लंघनको विषयमा भारतविरुद्ध सबै किसिमका कुटनीतिक च्यानल प्रयोग गर्न निर्देशन दिएका छन् । साथै उनले सेनालाई समेत तयार रहन निर्देशन दिएका छन् ।

बुधवार पाकिस्तानका दुबै सदनको संयुक्त बैठकमा धारा ३७० खारेज गर्ने भारतीय निर्णयको निन्दा गरिएको थियो ।