काठमाडौँ – सुनसरीको प्रकासपुरकी गायिका नित्याशिवा पछिल्लो समय पार्श्व गायनमा निकै सक्रिय बन्दै गएकी छन् । ‘विधवा’ चलचित्रबाट आफ्नो पार्श्व गायन सुरु गरेकी नित्याशिवाले हालसम्म दर्जनौँ गीतमा स्वर भरिसकेकी छन् ।


ADVERTISEMENT


नित्याशिवाको हालै ‘काँचुली’ फिल्मको ‘तिमी साथ छौ र पो म जल्न छोड्या छु’ बोलको गीत सार्वजनिक भएको छ । जसले उनलाई पछिल्लदो समय नयाँ सांगितिक उचाई प्रदान गरिरहेको छ । उनले ‘चाहना मन’को र ‘मेरो दिलमा’ गरी दुई गीति एल्बम पनि निकालेकी छन् ।


ADVERTISEMENT

# # #


यस्तै उनले चलचित्र ‘रथ’, ‘विधवा’, ‘कन्फ्युज’, ‘दिलदार’, ‘गोरे’, ‘आरोप’, ‘सम्हाली राख है’, ‘सत्यम शिवम सुन्दरम’, ‘लवजोन’, ‘मदहोस’,लगायतका चलचित्रमा समेत स्वर दिइसकेकी छन् ।