एजेन्सी – हरेक मौसममा केही कुराहरुको जरुरत पर्छ । जस्तो, वर्षातमा छाता, जाडोमा न्यानो कपडा । तर, पछिल्लो समय गर्मीबाट बच्नका लागि सनस्क्रीन प्रयोग गर्नेको संख्या पनि बढिरहेको छ ।


ADVERTISEMENT


डाक्टरहरु पनि यसमा सहमत छन् कि पराबैजनी किरणबाट छालामा क्यान्सरको खतरा हुन्छ । त्यसका लागि पनि सनस्क्रीन प्रयोग गर्न आवश्यक छ । तर, कहिलेकाहीँ सनस्क्रीनको सुरक्षालाई लिएर सवाल उठ्ने गरेको छ । यही वर्षको सुरुवातमा अमरीकी फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशनले सनस्क्रीनमा प्रयोग गरिने १६ मध्ये १४ रसायनिक तत्वलाई ‘सुरक्षित र प्रभावकारी तत्व’ को सूचिबाट हटाइदियो । त्यसपछि के सनस्क्रीन पूर्ण रुपमा सुरक्षित छ भन्ने सवाल पैदा भएको छ ।


ADVERTISEMENT

# # #


के सनस्क्रीन सुरक्षित छ ?

भारतको सर गंगाराम अस्पतालका डर्मेटोलनेजिस्ट रोहित बत्रा बताउँछन् कि सनस्क्रीन सुरक्षाका लागि अपनाइएको हुन्छ । सूर्यको पराबैजनी किरणबाट यसले छालाई बचाउँछ । तर उनी त्यसका लागि सनस्क्रीनको सन्तुलित मात्रा प्रयोग गर्नुपर्ने बताउँछन् ।

उनका अनुसार आजकाल बजारमा प्राय शारीरिक सनस्क्रीन पाइन्छन् । जसमा जिंक अक्साइड वा टाइटेनियम अक्साइड हुन्छ । यी एक किसिमका ‘मेटल पार्टिकल’ हुन् । जसले छालामा एक किसिमको पत्र बनाउँछन् । तर, यो छाला भित्र धने छिर्दैन र पसिना र पानीले यसलाई सजिलै पखाल्न सक्छ । तर, यसभित्र हुने कुनै तत्वले छालालाई भने असर पार्नसक्छ ।

म्याक्स सुपर स्पेशिलिटी अस्पतालमा आन्कोलोजी विभागकी ड. मीनू वालियाका अनुसार सनस्क्रीनले निम्न फाइदा गर्छ

– छालाको क्यान्सर हुने खतरा कम गर्छ ।

– सूर्यका नकारात्मक किरणबाट बचाउँछ ।

– बुढ्यौलीमा हुने छालाको चाउरीपनलाई कम गर्न सघाउँछ ।

सनस्क्रीनको छनोट कसरी गर्ने ?

ड. मीनू वालियाका अनुसार बजारमा विभिन्न किसिमका सनस्क्रीन उपलब्ध छन् । तर, तपाईको छालाका लागि कुन सनस्क्रीन सही हुन्छ, त्यसको तय गर्न आवश्यक छ ।

सनस्क्रीन किन्नुभन्दा पहिले एसपीएफ हेर्न भुल्नु हुँदैन । उनी भन्छिन्, ‘सनस्क्रीन किन्नेबेलामा स्किन प्रोटेक्शन फ्याक्टरलाई ध्यान दिन जरुरी हुन्छ । यो जति बढी हुन्छ, सूर्यको किरणबाट त्यती धेरै सुरक्षा प्रदान गर्छ । सामान्यतया १५ एसपीएफ भएको क्रीम पाउन गाह्रो हुने भएकाले एसपीएफ ३० भएको क्रीम चुन्नु राम्रो हुन्छ । यो भन्दा बढी एसपीएफ भए झनै राम्रो ।’

सनस्क्रीनले सूर्यबाट पाइने भीटामिन डी त रोक्दैन ?

भिटामिन डी शारीरिक विकासका लागि अन्यत्नै आवश्यक छ । यसमा एक मत यो पनि छ कि सनस्क्रीनको प्रयोगले भिटामिन डी शरीरलाई मिल्दैन । तर, डर्मेटोलोजिस्ट रोहित बत्रा यसलाई फरक दृष्टिले हेर्छन् । उनी सनस्क्रीनले शरीरलाई विटामिन डी लिनबाट नरोक्ने तर्क गर्छन् ।