एजेन्सी – युएईमा २.३ सेन्टीमिटर लामो काँटी निलेकी १३ वर्षीया किशोरीको सफल अपरेसन गरिएको छ । गल्तीले निलेको उक्त काँटी मुटुको छेउसम्म पुगेको थियो । अपरेसन गरेर उक्त काँटी निकालिएको हो ।


ADVERTISEMENT


स्क्यान गरेर युवतीको शरीरमा फसेको उक्त धारिलो वस्तु पत्ता लागेको हो । अल एन अस्पतालका डाक्टरका अनुसार उक्त वस्तु मुटुको मांसपेशीसँगै बायाँ फोक्सोको तल्लो ब्रोन्सीमा फसेको थियो।


ADVERTISEMENT

# # #


स्थानीय एनेस्थेटिक प्रयोग गर्दै डाक्टरहरुले एन्डोस्कोप घुसाएर कुनै पनी आंतरिक रक्तस्राव बिना नै सफलतापूर्वक काँटी हटाउन सफल भएका छन् ।

‘काँटी फसेको स्थान हेर्दा यो एकदमै संवेदनशील केस थियो’ अल ऐन अस्पतालका पल्मोनोलजी विभागका प्रमुख डा. साबेर अल मिसलले भने, ‘हाम्रा डाक्टरहरूले मुटुलाई नछोएर वा कुनै पनि नसा वा धमनीहरूलाई असर नगरेर नै काँटी सावधानीपूर्वक हटाउनु पर्ने थियो । ठूला ठूलो आन्तरिक रक्तस्राव पनि हुनसक्थ्यो ।

डाक्टरको उत्कृष्ट सेवाले गर्दा ती युवती उक्त दिन नै डिस्चार्ज भएको अस्पतालले बताएको छ ।