काठमाडौँ – नेकपाको भातृ संगठन युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या अघि खिचिएको भिडियोमा औल्याइएका व्यक्तिलाई छानविन गरी कडा कारबाही गर्न माग गरेका छन् ।


ADVERTISEMENT


पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियोमा पत्रकार रवी लामिछाने लयातका तीनजना आरोप लगाइएको भन्दै सहसंयोजक पौडेलले छाबिन गरेर कडा कारबाही गर्न माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘उहाँले भिडियोमा तीन जनाको नाम मुछ्नु भएको छ । यी तीन जनाकै कारणले र मूलभूत रुपमा रवी लामिछानेकै योजना मुताबिक आफूलाई यो अवस्थामा पुर्यायो भनेर उहाँले भन्नु भएको छ ।’ पौडेलले भने, ‘आरोपी व्यक्तिमाथि छानविन होस् । प्रहरीले तत्काल यी तीनजनालाई पक्राउ गरेर छानबिन थालोस् ।’

रवी लामिछानेलाई फसाउनकै लागि पुडासैनीले आरोप लगाएको सामाजिक सञ्जालमा चर्चा चलिरहँदा पौडेलले भने त्यसो हुन नसक्ने बताए । ‘मान्छेहरुले भिडियो योजना अनुसार बनाइएको हो भनिरहेका छन् । मलाई त्यस्तो लाग्दैन । मर्न लागेको मान्छेले कसैलाई बिनाकारण किन फसाउँछ ?’ उनले भने, ‘यो हिसाबले हेर्दा रबी लामिछाने र उनीसंग आवद्ध मान्छेहरुको कुनै न कुनै रुपमा संलग्नता देखिन्छ ।’

कोही शक्ति या मिडियामा छ भन्दैमा कसैलाई छुट दिन नहुने उनले बताए ।

गत साउन २० गते राती चितवनको एक होटेलमा झुण्डिएको अवस्थामा फेला परेका पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो बुधबार बाहिरिएको थियो । जसमा उनले न्यूज २४ टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा जनतासंग’का प्रस्तोता रवी लामिछाने, न्यूज २४ कै युवराज कँडेल र एक युवतीलाई आफ्नो आरोप लगाएका थिए ।