काठमाडौँ – नेपाल पत्रकार महासंघले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा सत्य तथ्य अनुसन्धान गरि दोषीमाथि कडा कानूनी कारबाही गर्न माग गरेको छ । बिहीबार विज्ञप्ती निकाल्दै महासंघले उक्त प्रकरणपछि विकसित घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण जनाएको हो ।


ADVERTISEMENT


पत्रकार पुडासैनीले आफ्नो मृत्युको कारक भन्दै न्यूज २४ टेलिभिजनबाट प्रसारित जनतासंग सिधा कुरा कार्यक्रमका प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको नाम उल्लेख गरेको भिडियो विभिन्न संचार माध्यमबाट सार्वजनिक भएसंगै महासंघले उक्त प्रकरणमा निपष्क्ष ढंगले छानविन गर्न सम्बन्धित निकायमा आग्रह गरेको हो ।
यस्तै महासंघले मृतक पत्रकारका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरेको छ ।


ADVERTISEMENT

# # #


गत साउन २० गते राती चितवनको एक होटेलमा झुण्डिएको अवस्थामा फेला परेका पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो बुधबार बाहिरिएको थियो । जसमा उनले न्यूज २४ टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा जनतासंग’का प्रस्तोता रवी लामिछाने, न्यूज २४ कै युवराज कँडेल र एक युवतीलाई आफ्नो आरोप लगाएका थिए ।