काठमाडौँ – एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले सन् २०२० को क्यालेन्डर सार्वजनिक गरेको छ। क्यालेन्डरअनुसार नेपालका लागि इमर्जिङ टिम्स कप र टी–२० एसिया कप खेल्ने अवसर छ।


ADVERTISEMENT


एसिसीका अनुसार मार्चमा थाइल्यान्डमा पुरुषको पूर्वी क्षेत्रीय टी–२० प्रतियोगिता हुनेछ। जहाँ नेपालसहित भुटान, चीन, म्यानमार, हङकङ, म्यानमार, सिंगापुर र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।


ADVERTISEMENT

# # #


यस्तै जुनमा नेपाली महिला क्रिकेट टिमले एसिया कप छनोट खेल्नेछ। छनोटमा पूर्वी र पश्चिम क्षेत्रबाट ४–४ टिम सहभ़ागी हुनेछन्। छनोटबाट २ टिम सेप्टेम्बर हुने टी–२० एसिया कपमा पुग्नेछन्। बंगलादेशमा हुने महिला एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोट भएका २ टिमबीच प्रतिस्पर्धा हुनेछ।

अगस्टमा पुरुषको टी–२० एसिया कपको छनोट मलेसियामा हुनेछ। सो प्रतियोगितामा पूर्वी र पश्चिम क्षेत्रका २–२ टिम भिड्नेछन्। शीर्ष टिम टी–२० एसिया कपमा पुग्नेछ। टी–२० एसिया कप पाकिस्तानमा हुनेछ। जहाँ पाकिस्तानसहित भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोटकको विजेताबीच खेल हुनेछ।

नोभेम्बरमा यु–१९ एसिया कप युएईमा हुनेछ। ५० ओभरको प्रतियोगितामा नेपाल यसअघि नै छनोट भइसकेको छ। युवा एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगालदेश, अफगानिस्तान र २ टिम इस्टर्न र विजेता पूर्वको (२०१९) बीच प्रतिस्पर्धा हुनेछ।

डिसेम्बरमा इमर्जिङ टिम्स कप हुनेछ। ५० ओभरको खेल हुने प्रतियोगिता भारतमा हुनेछ। जहाँ भारत,पाकिस्तान, श्रीलंका, बंगलादेश अफगानिस्तान र ३ वटा टिम आइसिसी वरीयताको आधारमा छनोट हुनेछन्।

यस्तो छ एसीसीको क्यालेण्डर