काठमाडौँ – आइसिसी क्रिकेट विश्वकप २०२३ को छनोट प्रतियोगिताको रुपमा रहेको क्रिकेट विश्वकप लिग–२ ओमानले लगातार दोस्रो खेलमा जित हात पारेको छ। स्टकल्यान्डमा भइरहेको त्रिकोणीय अन्तर्गत ओमानले पपुवा न्युगिनी (पिएनजी) र स्कटल्यान्डलाई पराजित गरेको हो।


ADVERTISEMENT


ओमानले बिहीबार भएको खेलमा स्कटल्यान्डलाई ८ विकेटले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको घरेलु टिम स्कटल्यान्ड ४४.४ ओभरमा १६८ रनमै अलआउट भयो। उसका लागि कप्तान केल कइट्जरले सबैभन्दा बढी ५६ रनको योगदान दिए। बलिङमा ओमानका खावर अली ४ विकेट लिए। जिशम मसुद र अमिर खलिमले २–२ विकेट लिए।


ADVERTISEMENT

# # #


ओमानले ४५.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। उसका लागि खावर अलीले नटआउट ७९ रन र अकीब इल्यासले ६१ रन बटुले। यसअघि ओमानले लिग–२ को उद्घाटन खेलमा पिएनजीलाई ४ विकेटले पराजित गरेको थियो। यो सिजनमा अब ४ खेल हुन बाँकी छ।

चार वर्षपछि भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बिहीबारदेखि स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमानबीचको त्रिकोणीय सिरिज सुरु भएको थियो। लिग-२ मा नेपालसहित ७ देशबीच त्रिकोणीय सिरिज हुनेछ। ७ वटा एकदिवसीय टिमबीच २१ वटा त्रिकोणीय सिरिज सार्वजनिक हुने आइसिसीले यसअघि नै गरेको थियो।

लिग–२ मा नेपालसहित नामिबिया, ओमान, पपुवा न्युगिनी (पिएनजी), स्कटल्यान्ड, युएई र अमेरिका छन्। एक सिरिजमा ६ एकदिवसीय खेल हुनेछन् भने एक टिमले चार खेल खेल्नेछ। प्रत्येक टिमले साढे २ वर्षको बीचमा ३६ वटा खेल खेल्नेछन्।

नेपालले पहिलो सिरिज घरेलु मैदानमा खेल्नेछ। कीर्तिपुरस्थित टियु मैदानमा हुने सिरिजमा नेपाल, अमेरिका र ‌ओमानबीच खेल हुनेछ। सो सिरिज आगामी फेब्रुअरीमा हुनेछ।