काठमाडौं – मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम एफसीसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले मलेसियाको लिग च्याम्पियन क्लब सँगको मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्सीय टोलीको घोषणा गरेको हो ।


ADVERTISEMENT


नेपालले डारुल टाजिम एफसीसँग भदौ नौं गते मैत्रीपूर्ण खेल खेल्दैछ । खेल डारुल टाजिमको मैदानमा हुनेछ । नेपाली टोलीका कप्तान बिराज महर्जन, किरण चेम्जोङ र रोहित चन्दले टिममा स्थान बनाएका छैनन् ।


ADVERTISEMENT

# # #


यस्तो छ नेपाली टिम

गोलकिपर : विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र सुबेदी, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर : सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई

स्ट्राइकर :  विमल घर्तिमगर, विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ