काठमाडौँ – भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुनः रवी शास्त्री चयन भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को तीन सदस्यी क्रिकेट एड्भाइजरी कमिटी (सीएसी)ले शास्त्रीलाई मुख्य प्रशिक्षकमा कायम राख्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


कपिल देवको नेतृत्वमा रहेको सीएसीले उनलाई सन् २०२१ सम्मका लागि नियुक्त गरेको हो । इंल्याण्डमा भएको विश्वकपभा भारतले सेमिफाइनलमा हारेपछि शास्त्रीमाथि प्रश्न उठेको थियो । त्यसको लगत्तै उनको सम्झौता अवधि सकिएपछि बीसीआईले मुख्य प्रशिक्षकका लागि उम्मेदवार आह्वान गरेको थियो ।


ADVERTISEMENT

# # #


जसमा २ हजारभन्दा बढीले निवेदन हालेका थिए । त्यसमध्ये ६ जना अन्तिम चरणका लागि छनोट भएका थिए । शास्त्रीले अन्य ५ जनालाई पछि मार्दै मुख्य प्रशिक्षक बनेका हुन् ।

रवि शास्त्री सन् २०१७ को च्याम्पियन ट्रफीको समाप्तीसंगै पहिलो पटक भारतको मुख्य प्रशिक्षक बनेका थिए । उनकै पहिलो कार्यकार्यमा भारत अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एकदिवसीय र टेष्टमा पहिलो स्थानमा उक्लिएको थियो ।