काठमाडौँ – पूर्वयुवराज पारस शाहले गएको आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनाबारे मुख खोलेका छन् । सोमबा साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त घटनाबारे क्षमायाचना गर्दै आफूले गरेको काम जनताले जान्न आवश्यक रहेको बताएका छन् ।


ADVERTISEMENT


आइतबार पारसले विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई हातपात गरेका थिए । डिउटीमा खटिएका प्रहरीलाई सार्वजनिक स्थानमै दूर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमार्फत आलोचनासहित पारसलाई कारबाही गर्न माग गरिएको थियो । पारसले उक्त प्रकरणमा मुख खोलेको हुन् ।


ADVERTISEMENT

# # #


फेसबुकमा उनले आफ्नी आमा बायोप्सीका लागि बैंकक जान लागेको, त्यो बेला आफू दुःखी भएको र छोराहरुको अनुहारमा प्रहरीको डन्डा देखेपछि सहन नसकेको उल्लेख गरेका छन् । घटनाप्रति माफी माग्दै पारसले आफू मात्रै होइन, जुनसुकै नेपाली बाबु भएपनि ती प्रहरी अधिकारीलाई त्यस्तै गर्ने बताए ।

‘हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मैँले गरेको कार्यबारे मैँले जनतालाई बुझाउनु पर्छ । मेरो आमा थाइल्याण्ड जाँदै हुनुहन्थ्यो । म एकदमै खराब मुडमा थिएँ । त्यसमाथि मैँले आफ्नो छोराको अनुहारमा प्रहरी अधिकारीले डण्डा चलाईरहेको देखेँ । मैँले सहन सकिँन ।’ पारसले भनेको छन्, ‘म सम्बन्धित निकायसंग माफी माग्न चाहन्छु । तर, यदि मेरो ठाउँमा कुनैपनि नेपाली बाबु मैँले जे गरेँ, यसले पनि त्यही गर्नेथियो । बाँकी निर्णय गर्ने काम जनताको ।’