काठमाडौं –पत्रकार शालिक राम पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा छानबिनका लागि न्यायिक हिरासतमा रहेका पत्रकार रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।


ADVERTISEMENT


यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो ।


ADVERTISEMENT

# # #


गत साउन २० गते चितवनको एक होटलमा झुण्डिएर आत्महत्या गरेका पुडासैनीले आफ्नो भिडियो सन्देशमा न्युज २४ टेलिभिजनका पत्रकारद्वय रवि लामिछने र युवराज कँडेल तथा अस्मिता कार्कीले आफूहरूलाई यातना दिई आत्महत्या गर्न वाध्य पारेको भिडियो सार्वजनिक भएको थियो ।

सम्बन्धित समाचार
– पत्रकार पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछाने पक्राउ
– रवि लामिछानेविरुद्ध पत्रकार पुडासैनीकी श्रीमतीले दिइन् जाहेरी
– युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले भने : रवि लामिछानेको सम्पत्तीको श्रोत छानविन होस्
– खुकुरी देखाएर प्रधानमन्त्रीलाई ‘काट्छु’ भन्ने लामिछानेका समर्थक पक्राउ
– काठमाडौँमै लाग्यो नारा : ‘हाम्रो रवि हाम्रो देश, प्राणभन्दा प्यारो छ’

उक्त भिडियो बाहिरिएपछि प्रहरीले गत बिहीबार तीनै जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइरहेको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार नियन्त्रणमा लिएको थियो ।