काठमाडौं – भूमिसम्बन्धी आठौं संसोधन विधेयक संघिय प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । भूमि सम्बन्धि आठौं संसोधन विधेयक २०७५ का सम्बन्धमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदको क्रमसंख्या १ देखि १० सम्म उल्लेखित संशोधनसहित मंगलबार आज प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्विकृत भएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भूमि सम्बन्धी (आठौं संशोधन)विधेयक २०७५ माथि छलफल गरियोग भनी संसदमा प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
त्यस अवसरमा विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले भूमि सम्बन्धी (आठौं संसोधन) विधेयकमाथि  सांसदहरूले दिएको सुझावहरूमा सरकारको ध्यान जाने बताइन् । नियमावलीमार्फत आएका सुझाबहरू समेटेर अझ परिस्कृत बनाएर जाने मन्त्री अर्यालले बताइन् ।
ऐनमा भूमिहिन सुकुम्वासीसम्बन्धी व्यवस्था, धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सामरिक महत्वका क्षेत्र भित्रका जग्गा लगायतका विविध विषयहरु रहेका छन् ।