काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । संसदमा विचाराधीन अवस्थामा रहेका विधेयकको टुंगो लगाउन बैठक सुरु भएको हो ।


ADVERTISEMENT


बैठकमा नेकपाका तर्फबाट पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, नारायण काजी श्रेष्ठ, वामदेव गौतम, बिष्णु पौडेल, ईश्वर पोख्रेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल सहभागी छन् ।


ADVERTISEMENT

# # #


कांग्रेसबाट पूर्वप्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, नेताहरु कृष्ण सिटौला, विजय गच्छेदार लगायत छन् । त्यस्तै राजपाबाट महन्थ ठाकुर, राजकिशोर यादव र समाजवादीबाट बाबुराम भट्टराई र उपेन्द्र यादव सहभागी छन् । राजपाका तर्फबाट राजकिशोर यादव र महन्थ ठाकुर सहभागीछन् ।

बैठकमा नेकपाका नेता माधवकुमार नेपाल भने सहभागी भएका छैनन् ।