काठमाडौं – आगामी हप्तादेखि सुरु हुने यू–१९ एशिया कपका लागि श्रीलंका पुगेको नेपाली यू–१९ क्रिकेट टिमले पहिलो अभ्यास खेलमा त्यहाँको एसएससी यू-२३ क्लबलाई २४१ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


वर्षाका कारण ४२ ओभरमा घटाइएको खेलमा टस हारेर ब्याटिङ थालेको नेपालले ४२ ओभर खेलेर ७ विकेट गुमाउँदै २४० रन बनायो । आशिफ शेखले शानदार पारी खेलेपछि नेपालले विशाल योगफल तयार पारेको हो । नेपालका लागि रित गौतम र पवन सर्राफले पहिलो विकेटका लागि १३ ओभरमा ५२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर, मध्येक्रममा कप्तान रोहित कुमार पौडल, लोकेश बमले सस्तैमा आउट भएपछि नेपाल दबाबमा आएको थियो ।


ADVERTISEMENT

# # #


कुनैबेला २२ ओभरमा ९६ रन बनाउँदा ४ विकेट गुमाएको नेपालले आशिफ र सन्दीप जोराको अर्धशतकीय साझेदारी गरेपछि विशाल योगफमा पुगेको हो । नेपालका लागि आसिफ शेखले ८८ रनको योगदान दिए । यस्तै सन्दीप जोरा ३३, रित गौतम ३१, पवन सर्राफ ३० रनमा आउट भए । कप्तान रोहित पौडेल ८, लोकेश बम १ रनमा पेवेलियन फर्किँदा कुशल मल्ल्ले १० रन बनाए ।

यस्तै हरि चौहान र भीम सार्की क्रमशः १८ र १५ रनमा नट आउट रहे ।