काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया अझै एक साता जारी रहने भएको छ । प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रकृयाबाट उपचार जारी रहेको र पूरा हुन अर्को सातासम्म लाग्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।


ADVERTISEMENT


‬प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा रहेको रिमालले जानकारी दिएका छन् । सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीको उपचारमा यो प्रक्रिया अर्को सातासम्ममा पुरा हुने उनको निजी सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


ओलीको उपचारमा संलग्न नीजि चिकित्सक प्रा.डा. दिव्या सिंह शाह आज स्वदेश फर्किएकी छिन्।

गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि स्वदेश फर्किएका उनी भदौ ५ गते पुनः उपचारका लागि गएका थिए ।

यसपटक पनि सोही अस्पतालमा विज्ञहरुको टोलीले मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि उपचार गरिरहेका छन् ।