काठमाडौं – दक्षिण एसियाली खेलकुद (साग) का लागि प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ । कप्तान पारस खड्का र प्रशिक्षक उमेश पटवालले ३५ सदस्यय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।


ADVERTISEMENT


३५ सदस्यीय टिममा रित गौतम, कुशल मल्ल, इशान पाण्डे, सागर ढकाल लगायतका युवा खेलाडीले मौका पाएका छन् । यस्तै सौरभ खनाल, जितेन्द्र मुखिया, सुनिल धमला पनि ३५ सदस्यीय टिममा अटाएका छन् ।


ADVERTISEMENT

# # #


सागको लागि प्रारम्भिकि टोलीको बन्द प्रशिक्षण आइतबारबाट सुरु हुने भएको छ । सिनियर कि यू-२३ टोली खेल्ने भन्ने अन्यौलका कारण पुरुष टिमको तयारी सुरु हुन सकेको थिएन । अक्टोबरमा ओमानमा पाँच देश सहभागी हुने टी–२० सिरिजको लागि पनि यिनै खेलाडीबाट टिम तयार पारिने छ ।

टोलीमा सिनियर र यू–१९ टोलीका नियमित सदस्यको बाहुल्यता छ । कप्तान पारस खड्कासँगै ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, प्रदीप ऐरी, जितेन्द्र मुखिया र विनोद भण्डारीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

यस्तै, आरिफ शेख, अनिलकुमार साह, अभिनाश बोहोरा, सुनिल धमला, राजु रिजाल, शौरभ खनाल, ललितनारायण भण्डारी, पवन शरार्फ, विक्रम शोव र सन्दीप जोरा पनि प्रारम्भिक टोलीमा छन् । यसैगरी कुशल मल्ल, रित गौतम, अमित श्रेष्ठ, किशोर महतो, सुशान भारी, नन्दन यादव, भीम सार्की, कुशल भुर्तेल, सागर ढकाल, इशान पाण्डे, आसिफ शेख र शोएल आलम पनि प्रारम्भिक टोलीमा छन् ।