काठमाडौं – सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुबेत र चाइनिज ताइपेविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार अन्तिम २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।


ADVERTISEMENT


प्रशिक्षक योहान कालिनले यसअघिका नियमित कप्तान विराज मर्हजनलाई टोलीमा समावेश गरका छैनन् । विराज हाल मलेसियाको शीर्ष डिभिजन क्लबसँगको मैत्रीपूर्ण खेलमा पनि टोलीमा थिएनन् । विश्वकप अन्तर्गत एसियाली छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।


ADVERTISEMENT

# # #


समूहमा नेपालसँगै एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेई रहेका छन् । नेपालले कुवेतसँग यही भदौ १९ गते खेल्दै छनोटको सुरुवात गर्नेछ ।

नेपाली टोली

गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ ।

रक्षक : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल ।

मिडफिल्डर : रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई ।

स्ट्राईकर : विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ ।