काठमाडौं – यू–१९ एशिया कपको लागि श्रीलंकामा रहेको नेपाली यू–१९ टिमले तेस्रो तथा अन्तिम अभ्यास खेलमा २ सय २५ रनको लक्ष्य पाएको छ । शुक्रबार श्रीलंकको चिल मरियन्स क्लबले नेपाललाई २२५ रनको चुनौति दिएको हो ।


ADVERTISEMENT


कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको चिल मरियन्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनायो । नेपालका सुर्य तमाङ र पवन सर्राफले समान २/२ विकेट हात पारे । यस्तै सागर ढकाल, राशिद खान र कमल सिंहले समान १–१ विकेट लिए ।


ADVERTISEMENT

# # #


यसअघि अघिल्ला दुई अभ्यास खेलमा नेपालले एक जित एक हार व्यहोरेको छ । नेपाली युवा टोलीले बिहिबार भएको दोस्रो अभ्यास खेलमा श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियालाई ८० रनले पराजित गरेको थियो ।

पहिलो अभ्यास खेलमा भने नेपाल सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू–२३ टिमसँग ३ विकेटले पराजित भएको थियो ।

एसीसी यू-१९ एसिया कप क्रिकेट भदौ १९ देखि २८ गतेबाट हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा भने नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । समूह ‘बी’मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।

यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।