चितवन– चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैँडा मरेको छ । निकुञ्जको मेघौली क्षेत्रमा पर्ने राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैँडा मृतावस्थामा फेला परेको हो ।


ADVERTISEMENT


निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार अन्दाजी ३५/४० को गैँडा भदौ ११ गते मृतावस्थामा भेटिएको हो । गैँडा बूढो भएर कालगतिले मरेको अनुमान गरिएको छ । गैँडाको आयु सामान्यतया ३५ देखि ४० वर्ष हुने गर्दछ । गत आर्थिक वर्ष यो समयमा चार गैँडा कालगतिले मरेका थिए । यस वर्ष यो गैँडा नै कालगतिले मर्ने पहिलो गैँडा हो । विगत केही समययता चोरी शिकारीका कारण गैँडा मरेका छैनन् ।


ADVERTISEMENT

# # #


गत आर्थिक वर्षमा कालगतिका कारण निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा ४३ गैँडा मरेका थिए । रासस