काठमाडौँ – कामना सेवा विकास बैंकले बागलुङको गलकोटमा नयाँ शाखा विस्तार गरेको छ । बैँकले गलकोट नगरपालिका वडा नं. ०३ स्थित गलकोटमा आइतबारबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


उक्त शाखाको नेकपाका प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले कारोबार शुभारम्भ गरेका थिए । समारोहमा गलकोट नगरपालिका मेयर भरत शर्मा गैरे , बैंकका संचालक बलराम बराल, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत लगायतको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा ९८ वटा शाखा तथा ४५ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।