काठमाडौँ – यू–१९ एशिया कपको लागि नेपाली टिम श्रीलंकामा कडा मेहनेत गरिरहेको छ । आगामी ६ तारिखदेखि श्रीलंकामा सुरु हुने यू–१९ एशिया कपको कम्तिमा सेमिफाइनसम्म पुग्ने लक्ष्यका साथ नेपालले अभ्यास गरिरहेको छ ।


ADVERTISEMENT


यसअघि श्रीलंकाका क्लबसंग नेपाली यू–१९ टिमले तीन्वटा अभ्यास खेल खेलेको थियो । जसमा नेपालले एक जित मात्रै हात पारेको थियो । पहिलो अभ्यास खेलमा भने नेपाल सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू–२३ टिमसँग ३ विकेटले पराजित भएको थियो । दोस्रो अभ्यास खेलमा श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियालाई ८० रनले पराजित गरेको थियो


ADVERTISEMENT

# # #


यस्तै अन्तिम तथा तेस्रो अभ्यास खेलमा श्रीलंकाको चिल मरियन्स क्लबसंग ८९ रनले पराजित भएको थियो । २ सय २५ रनको लक्ष्य पच्छ्याएको नेपाल ४०।३ ओभरमा सबै विकेट गुमाउँदै १३५ रनमै समेटिको थियो ।

एसीसी यू-१९ एसिया कप क्रिकेट भदौ १९ देखि २८ गतेबाट हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा भने नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । समूह ‘बी’मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।

यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।

रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिममा रोहित कुमार पौडेल, पवन सर्राफ, सन्दिप जोरा, भीम सार्की, आशिफ शेख, कमलसिंह ऐरी, राशिद खान, रित गौतम र हरिबहादुर चौहान रहेका छन् । यस्तै खडक बोहरा, कुशल मल्ल, सागर ढकाल, प्रतिश जिसी र लोकेश बम पनि नेपाली टिममा छन् ।

     

सबै तस्बिर : रमन शिवाकोटी