काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको नायब महाप्रबन्धक पदमा चुडामणि चापागाईं नियुक्त भएका छन् ।


ADVERTISEMENT


बाणिज्यशास्त्रमा स्नातकोत्तर चापागाईं एक दशक भन्दा बढी अध्यापन पेशामा बिताएका अनुभवी व्यक्ति हुन् । अध्यापनको क्रममा पुस्तक समेत लेखेका उनले पछिल्लो डेढ दशकभन्दा बढि समयदेखि बैंक तथा वित्तिय क्षेत्रको प्रशासनिक क्षेत्रमा रहेर काम गर्दै आएका छन् ।


ADVERTISEMENT

# # #


व्यक्तित्व विकास सम्बन्धी कुशल प्रशिक्षक समेत रहेका चापागाईं सानिमा लाईफमा आबद्ध हुनुअघि युनियन लाईफमा दुई वर्ष सहायक महाप्रबन्धकको रुपमा कार्यरत थिए । संगठन विस्तार तथा बजारिकरणका अनुभवि चापागाईंले जिम्मेवारी लिएर काम गरेका ठाउँहरुमा सफल र अब्बल कार्य सम्पादनका पर्यायका रुपमा ख्याती कमाएका छन् । सानिमा लाईफले चापागाईंलाई मार्केटिङ प्रमुखको जिम्मेवारी दिएको छ ।