काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले यही असोजमा ओमानमा हुने पाँच राष्ट्रबीचको टी-२० क्रिकेट सिरिज गुमाउने भएका छन् । ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै उक्त सिरिज नखेल्ने जानकारी दिएका हुन् ।


ADVERTISEMENT


असोज १८ देखि २३ गतेसम्म हुने सिरिजमा आयोजक ओमानसँगै नेपाल, हङकङ, नेदरल्यान्ड्स र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।


ADVERTISEMENT

# # #


नेपालले आफ्नो पहिलो खेल असोज १९ गते हङकङसँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो खेलमा असोज २० गते नेदरल्यान्डसँग खेल्ने नेपालले आफ्नो तेस्रो खेल आयरल्याण्डसँग २२ खेल्दैछ । आफ्नो अन्तिम खेलमा नेपालले आयोजक ओमानसँग २३ गते प्रतिस्पर्धा गर्नेछ ।