काठमाडौँ – प्रभु बैंकले रौतहट जिल्लाको मौलापुर र गरुडा मालपोत कार्यालय तथा नवलपुर जिल्लाको कावासोती मालपोत कार्यालयमा एकैसाथ तीन वटा एक्स्टेन्सन काउण्टर कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैँकले मौलापुर र गरुडा स्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टर सोमबारदेखि सञ्चालनमा ल्याएको हो । उक्र शाखाको कोष तथा लेखा नियन्त्रण कार्यालयका कार्यालय प्रमुख भिमार्जुन ज्ञवालीले उद्घाटन गरे ।


ADVERTISEMENT

# # #


यस्तै कावासोती स्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको सोमबार नै जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय नवलपुरका कार्यालय प्रमुख मोहन शरण भण्डारी र कावासोती मालपोत कार्यालय प्रमुख नारायण गैरेले संयक्त रुपमा उद्घाट्न गरेका हुन् ।

बैँकले प्रभु बैंकले १९३ वटा शाखा कार्यालय, १५२ वटा एटीएम तथा २९ वटा एक्स्टेन्सन काउण्टरहरु मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

उक्त काउन्टरबाट ग्राहकलाई गुणस्तरीय बैँकिङ सेवा उपलब्ध हुने बैँकले विश्वास लिएको छ ।