काठमाडौँ – एनआईसी एशिया बैंक र ग्लोबल कि टेक्नोलेजिज बीच रिचार्जर एपबाट एनआईसी एशियाको मोबाइल बैंक प्रयोग गरी QR मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा १० प्रतिशत क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ ।


ADVERTISEMENT


उक्त सम्झौताअनुसार रिचार्जर एप तथा वेभसाईट प्रयोग गरी वान प्लस सेभेन मोबाइल फोन किन्दा एनआईसी एशिया बैंकको मोबाइल बैंक QR मार्फत् भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक प्राप्त गर्न सक्नेछन्। अन्य बैंकको मोबाइल बैंकिङ मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा भने ५ प्रतिशत  क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना भाद्र १८ देखि आश्विन १ गते सम्मका लागि लागू हुनेछ ।


ADVERTISEMENT

# # #


सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र ग्लोबल कि टेक्नोलेजिजको तर्फबाट कम्पनीका अध्यक्ष किसन राईले हस्ताक्षर गरेका छन् ।

बैंकले  मुलुकभर २९७ शाखा कार्यालयहरु, ३५० एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।