काठमाडौं – ‘अपराध महाशाखाको प्रहरी हुँ’ भन्दै डर धम्की दिई अवैध रुपमा रकम असुल्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


मंगलबार प्रहरीले उनीहरुलाई काठमाडौं हलचोक र काठमाडौं क्षेत्रपाटीबाट छुट्टाछुट्टै पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं सामाखुशी बस्ने तेह्रथुम आठराई गाउँपालिकाका २७ वर्षीय भक्त बहादुर लिम्बु र ताप्लेजुङ ताप्लेथोक गाविस–८का ३१ वर्षीय हिमाल लिम्बु रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार उनीहरुले काठमाडौं स्वयम्भू गैरीगाउँ बस्ने धर्म गुरुलाई अपराध महाशाखाको असई हुँ भनी डर–धम्की देखाएर रकम असुल्न खोजेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।