काठमाडौँ –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ले भदौ २४ गतेदेखि दोस्रो चरणको राष्ट्रिय जनगरण अभियान गर्ने भएको छ। दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले भदौ २४ गतेदेखि दोस्रो चरणको अभियान थाल्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


बिहीबार पत्रकार सम्मेलन गर्दै  कांग्रेसले भदौ २४ गतेदेखि सञ्चालन हुने जागरण अभियान असोज ७ गतेसम्म चल्ने जानकारी गराएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको दिन पारेर कांग्रेसले अभियानको सुरुवात गर्न लागेको बताए । अभियनको उद्घाटन वृक्षारोपण गरेर हुनेछ।


ADVERTISEMENT

# # #


कांग्रेसले दोस्रो चरणको अभियानमा पूर्वघोषणा अनुरूप ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत अभियान सम्पन्न गर्ने बताएको छ। जस अनुरूप हरेक क्षेत्रमा एकका दरले ३३० केन्द्रीय प्रतिनिधि खट्ने छन्। अभियानको अन्तिम दिन कांग्रेसले जिल्लास्तरीय विरोध प्रदर्शन गर्नेछ।

बोल्ने कम सुन्ने बढी

कांग्रेसले केन्द्रीय तहबाट अभियान क्रममा केवल एउटा मात्रै सभा निर्धारित गरिएको जनाएको छ । असोज ७ गते अन्तिम दिन जिल्ला स्तरीय विरोध प्रदर्शन गर्ने र त्यस बाहेक जागरण अभियानको दोस्रो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्ने भन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको जनाएको छ ।

यस्ता छन् कार्यक्रम :