काठमाडौं – विश्वकप फुटबलको दोस्रो चरणको अवे खेलमा नेपालले आज कुवेतसँग उसैको भूमिमा प्रतिस्पर्धा गर्दैछ ।


ADVERTISEMENT


जाविर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार रातिको १० बजेर ४५ मिनेटमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालको मुख्य लक्ष्य अंक खोस्ने रहेको छ । कुवेत भने जित हात पार्ने रणनीतिमा छ ।


ADVERTISEMENT

# # #


२०२२ कतार विश्वकप फुटबल छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसपछि नेपालले यही भदौ २४ गते चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्नेछ ।

विश्वकप छनोटको समूह ‘बी’ मा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत छन् ।

सन् १९८० को एएफसी एसियन च्याम्पियनविरुद्ध उसैको घरेलु मैदानमा खेल्नु नेपालका लागि कठिन चुनौती हुनेछ। फिफा वरीयतामा कुवेत नेपालभन्दा १० स्थानमाथि छरहेको छ । बुधबार भएको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक योहान कालिनले कुवेत बलियो टिम भए पनि नेपालले उत्कृष्ट नतिजा ल्याउनका लागि खेल्ने बताए ।

यस्तो छ हेड टु हेड

नेपाल र कुवेतको राष्ट्रिय टिमबीच हालसम्म ६ खेल भएको छ । त्यसमध्ये ५ खेल कुवेतको जितेको छ भने १ खेल बराबरीमा सकियो । दिल्ली एसियाड १९८२ मा वाईबी घलेले कुवेतविरुद्ध गरेको गोल नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल हो । नेपालले अरु ५ खेलमा कुवेतविरुद्ध गोल गर्न सकेन ।

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ (कप्तान), विकेश कुथु र विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनील बल, रवी पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द
फरवार्ड : विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

नेपाल भर्सेस कुवेत

स्थान : जबेर अल अहमेद रंगशाला, कुवेत सिटी
समय : बिहीबार राति १०:४५ बजे