काठमाडौं – अफगानिस्तानले एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।


ADVERTISEMENT


श्रीलंकामा बिहीबार सुरु भएको भएको यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई ७५ रनले पराजित गरेको हो । १६४ रनको चुनौती पछ्याएको पाकिस्तान खराब प्रदर्शन गर्दै १९।४ ओभरमा ७८ रन मै समेटियो ।


ADVERTISEMENT

# # #


पाकिस्तानका लागि इर्फान खानले १९ र कप्तान रोहइल नाजिरले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

यसअघि खेल सुरु हुनु भन्दा अघि मैदान चिसो भएका कारण खेल ४६ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४६ ओभरमा ९ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । अफगानिस्तानका लागि सेदिक उल्लाह एटलले २९ र रहमानउल्लाहले २७ रन बनाएका थिए ।

भारतले कुवेतलाई ७ विकेटले हरायो

अर्को खेलमा भारतीय यू १९ टोलीले कुवेत यू १९ लाई सात विकेटले हराएको छ । वर्षाका कारण २३ ओभरमा घाटाइएको खेलमा कुवेतले २३ ओभरमा ७ विकेट गुमाउँदै ११० रन बनायो । १११ रनको लक्ष्य भारतले १९.१ ओभरम ३ विकेट गुमाएर भेट्टायो । उसका लागि अर्जुन आजातले नटआउटले ६० रन हाने । ५८ बलमा उनले ५ चौका र दुई छक्का हाने । यस्तै नेहाल वादेरा १८, सुवेद पर्कर १४ र कप्तान ध्रुव चन्द जुरेल १२ रनमा आउट भए ।

कुवेतका लागि तीन जनाले समान १–१ विकेट लिए ।

यसअघि कुवेतका लागि मीत भवसारले २८, गोकुल कुमार २५ र अब्दुल रहमानले १५ रन बनाए । अन्यले राम्रो गर्न सकेनन् । भारतका लागि आकाश सिंह र पूर्णांक ट्यागीले समान ३-३ विकेट लिए ।

नेपालले शुक्रबार आयोजक श्रीलंकाको सामना गर्नेछ ।