काठमाडौँ – नेपालले यू-१९ क्रिकेट प्रतियोगितामा आयोजक राष्ट्र श्रीलंकालाई १६० रनको सामान्य चुनौति लिएको छ । वर्षाले प्रभावित भएपछि ४२ ओभरमा घटाइएको खेलमा नेपालले खराब ब्याटिङ गरेको हो ।


ADVERTISEMENT


कोलम्बोस्थित आर प्रेमदसा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले पूरै ओभर खेल्दै ९ विकेट गुमाएर १५९ रन मात्रै बनाउन सक्यो । नेपालको सुरुवात नै खराब रह्यो । १६ रन बनाउँदा पहिलो विकेटका रुपमा पवन सर्राफलाई व्यक्तिगत ४ रनमा गुमाउँदा नेपालले थप ८ रन नजोड्दै आशिफ शेखलाई व्यक्तिगत ७ रनमा गुमायो । १२ बलमा उनले एक चौका हाने ।


ADVERTISEMENT

# # #


दबाबमा रहेको नेपालका लागि रित गौतम र कप्तान रोहित कुमार पौडेलले सम्हालेर ब्याटिङ गरे । ६.५ ओभरमा २४ रन बनाउँदा २ विकेट गुमाएको नेपालका लागि उनीहरुले ९१ रनको महत्वपूर्ण साझेदारी गरे । त्यसक्रममा रितले अर्धशतक हाने । तर, २९.१ ओभरमा ११५ रन बनाउँदा रित आउट भएपछि नेपालको पतन सुरु भयो । उनले ८६ बलमा ४ चौकाको मदतमा ५४ रन हाने ।

त्यसपछि रोहितले हरि चौहानसंग २० रनको साझेदारी गरे । तर, ३४.४ ओभरमा उनी आउट भए । अर्धशतक बनाउन ३ रनले चुकेका उनले एक चौका मात्रै हान्न सके । त्यसपछि नेपाल सम्हालिन सकेन । थप २४ रन जोड्दा नेपालले अरु ५ विकेट गुमाउन पुग्यो । हरि चौहान १२ रनमा आउट हुँदा भीम सार्की (१), कुशल मल्ल (२), कमल सिंह ऐरी (२), सागर ढकाल (१)ले टिमलाई कुनैपनि योगदान दिन सकेनन् ।

राशिद खानले १५ रन बनाए । नटआउट रहेका उनले २२ बलमा १ छक्का हाने । जुन नेपाली ब्याट्सम्यानले हानेको एक मात्र छक्का थियो । सूर्य तामाङ १ रनमा नटआउट रहे ।

श्रीलंकाका लागि दिलशान मदुशंक र नावोद दिन्सुरीले समान ३/३ विकेट चट्काए । यस्तै रोहान सञ्जय शिल्भा र असियन डेनियलका नाममा १/१ विकेट रह्यो ।

श्रीलंकाले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।