काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र संयुक्त अरब इमिरेटस् (यूएई)का राजदूत साइद हम्दान अल नाक्वी बीच भेटवार्ता भएको छ । भेटवार्तामा द्धिपक्षिय र आपसी सम्बन्धका विषयमा छलफल भएको थियो ।


ADVERTISEMENT


छलफलमा मन्त्री पुनले नेपालको उर्जा क्षेत्रमा लगानीको लागी उपयुक्त वातावरण बनेको भन्दै युएईका लगानीकर्तालाई नेपालमा लगानीको लागी प्रेरित गरिदिन आग्रह गरेका छन् । उनले दुई देशबीचको सम्बन्ध परापुर्व कालदेखी नै घनिष्ट रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझै सुमधुर भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

# # #


भेटमा राजदूत सहिदले उर्जा क्षेत्रमा सरकारसंग काम गर्न युएई इच्छुक रहेको धारणा व्यक्त गरे । उनले युएईले पनि तेल र ग्यांसको सट्टा उर्जामा ध्यान केन्द्रित गर्न लागेको जानकारी दिंदै नेपालमा पनि लगानीको लागी आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

२४ औं विश्व उर्जा सम्मेलनमा भाग लिन युएई भ्रमणमा जान लागेका मन्त्री पुनलाई राजदूत सहिदले आईतबार सिंहदरवारस्थित उर्जामन्त्रालयमै पुगेर कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

उर्जामन्त्री युएई भ्रमणमा जाने

उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ युएईको तीन दिने भ्रमणमा जाने भएका छन् । युएईमा आयोजना हुन लागेको २४ औं विश्व उर्जा सम्मेलनमा भाग लिन मन्त्री पुन आईतबार साँझ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

सम्मेलनमा ७० मुलुकका उर्जामन्त्रीहरुको सहभागीता हुनुको साथै विश्भरबाट ५ सयभन्दा बढी कम्पनीका कार्यकारी अधिकृत र २५० जना वक्ताहरुको सहभागी समेत रहनेछ । १ सय ५० देशको सहभागीता रहने उक्त सम्मेलनमा तेल,ग्यास, जलविद्युत,पुर्वाधार,उर्जा उत्पादन, वैकल्पिक उर्जा,नविकरणिय उर्जा र ग्रिड प्रविधिको विषयमा छलफल हुनेछ ।

मन्त्री पुनले सम्मेलनमा ‘Energy, water, food, an eco-system on the lusp’ बिषयमा आफ्नो धारणा राख्ने कार्यक्रम छ । उनी भदौ २६ मा स्वदेश फर्कने कार्यक्रम रहेको प्रमुख स्वकिय सचिव दूर्गा चापागांईले बताए