काठमाडौँ – प्रभु बैंकले सुनसरीको कालाबञ्जरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले मंगलबार बराहक्षेत्र नगरपालिका वडा नं.०५ स्थित कालाबञ्जरमा आफ्नो १९५ औं शाखा विस्तार गरेको हो ।


ADVERTISEMENT


उक्त शाखाको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले गरेका छन् । उद्घाटनका क्रममा उनले बैँकिङ्ग पहुँच नपुगेका स्थानमा सेवाविस्तार गरेकोमा प्रशंसा गरे ।
बैंकको कालाबञ्जर शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका उपभोक्ता लाभान्वित हुने प्रभु बैँकले विश्वास व्यक्त गरेको छ ।


ADVERTISEMENT

# # #


बैंकले १९५ शाखा, २९ एक्टेन्सन काउण्टर, १९ शाखा रहित बैंकिङ्ग तथा १५२ एटीएम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।