काठमाडौँ – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले यस वर्षको बिगबास लिग (बीबीएल) मेलबर्न स्टार्सबाट खेल्ने भएका छन् । अष्ट्रेलियाको प्रतिष्ठित क्रिकेट प्रतियोगिता बीबीएलमा गत वर्षमात्रै डेब्यू गरेको सन्दीपले मेलबर्न स्टार्सलाई नै निरन्तरता दिएका हुन् ।


ADVERTISEMENT


यसै वर्षको अन्तिममा हुने बीबीएलका लागि सन्दीपले मेलबर्नसंग सम्झौता गरिसकेका छन् । तर, उनले कति पारिश्रमिकमा सम्झौता गरे बाहिर आइसकेको छैन । गत वर्ष उनले मेलबर्नबाट ७ खेल खेलेर ११ विकेट लिएका थिए । सन्दीपको टिम फाइनलमा मेलबर्न रेनेगेट्ससंग पराजित भएको थियो ।


ADVERTISEMENT

# # #


विश्वका सबै प्रतिष्ठित लिग खेलिसकेका सन्दीप अहिले क्यारेबियन प्रिमियर लिग (सीपीएल)का लागि वेष्टइण्डिजमा रहेका छन् ।