काठमाडौं – शुक्रबार काठमाडौंको गोलढुंगामा गोली चलेको छ। महानगरीय अपराध महाशाखाको टोलीले साजन गुरुङलाई गोली हानेको हो।


ADVERTISEMENT


गुण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका साजन गुरुङ उर्फ नजोकलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो । गुरुङ प्रहरीको नियन्त्रणबाट भाग्न लाग्दा प्रहरीले गोली चलाएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए। गुरुङको खुट्टामा गोली लागेको उनले बताए।


ADVERTISEMENT

# # #


विशेष सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले दुई राउण्ड गोली फायर गरेको बताइएको छ । नियन्त्रणमा लिने क्रममा प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि गोली हानी उनलाई समातिएको हो ।