काठमाडौं । बैचारिक चिन्तनको नयाँ अभ्यास सुरु गरेको अनादि परिषद नेपालले शनिबार स्नायविक भाषा अध्याहार ( न्युरोभाषिक प्रोग्रामिङ ) का बिषयमा प्रशिक्षण कार्यक्रम गरेको छ ।


ADVERTISEMENT


कार्यक्रममा अमेरिकन न्युरोभाषिक प्रोग्रामिङबाट मान्यता प्राप्त प्रशिक्षक गोविन्द ज्ञवालीले न्युरो लिङ्ग्वीष्टिक प्रोग्रामिङ ( एनएलपी ) का बिषयमा आफ्नो बिद्धता सहभागी समक्ष बाँडेका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा प्रोफेसर, डाक्टर, अधिवक्ता, पत्रकार, समाजिक अभियन्ता, सिनेकर्मी, समाजसेवी लगायत बिभिन्न क्षेत्र तथा पेशामा आवद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो । प्रशिक्षक ज्ञवालीले सहभागी सबैलाई आ आफ्नो मस्तिष्क, सोच, व्यवहार, सम्झना शक्ति, प्रस्तुतीबारे आत्ममूल्यांकन गराउँदै आफैंलाई चिन्ने ‘टेष्ट’ समेत गराएका थिए । उत्साहपूर्ण माहोलका बीच एनएलपीको महत्वबारे बहस समेत भएको छ ।

के हो एनएलपी ?

प्रशिक्षक ज्ञावालीका अनुसार स्नायविक भाषा अध्याहार अर्थात न्यूरो भाषा प्रोग्रामिङ (एनएलपी) विचार परिवर्तनको विज्ञान र कौशल दुवै हो । एनएलपीले व्यक्तिको सोच्ने र व्यवहार गर्ने तरिकामा गहन ज्ञानको ढोका खोल्छ । आफू कुन प्रवृत्तिको मानिस हुँ भनेर चिनाउँछ ।

एनएलपी पद्धतिगत व्यवस्था वा प्रयोग विधि हो । व्यक्तिगत विकासमा दिमागले कसरी काम गर्छ मानसिक स्नायविक समस्या हटाएर आफ्नो सोचलाई एकतृत गरेर जीवनमा खुसी र आत्मविश्वासको वृद्धि गर्छ ।

स्नायविक र मनोस्नायविक प्रक्रियामा स्नायु (न्युरो) भाषा र व्यवहार प्रणाली वा प्रोग्रामिङ हरेक मानिसको काम गर्ने क्षमतासँग सम्बन्धित हुने हुँदा यसको सही विधिअनुसार प्रयोग गर्न सके मानवीय मूल्यमान्यताको सकारात्मक विकास गर्नमा महत्वपूर्ण भूमिका खेल्ने प्रशिक्षक ज्ञवालीले स्पष्ट पार्नुभएको छ ।

एनएलपीले के गर्छ ?

एनएलपीले व्यक्ति व्यक्ति तथा व्यक्ति र समाजकावीच सहज र प्राकृतिक सम्बन्ध स्थापित गर्ने फर्मुला बताउँछ । व्यक्तिगत सम्बन्ध बढाउनमा मद्दत गर्छ । सकारात्मक दृष्टिकोण प्राप्त गर्न मद्दत गर्छ । लक्ष्यमा ध्यान केन्द्रित गरेर सफल हुन क्षमता विकास गर्छ । आफ्ना भावनाहरुमाथि नियन्त्रण कायम गर्न बल दिन्छ । डर, विक्षोभ, निराशा जस्ता रोगबाट छुटकारा दिलाउछ ।

अमेरिकाका पूर्वराष्ट्रपती बराक ओवामा लगायत बिश्वका सफल हजारौं व्यक्तिहरुले एनएलपीलाई आफ्नो जीवनको सफलता खुड्किलो बनाउँदै आईरहेका छन् । विकशित देशहरुका लब्धप्रतिष्ठित मल्टिनेशनल कम्पनिहरुले आफ्ना स्टाफहरुलाई एनएलपीको तालिमलाई अनिवार्य गर्न सुरु गरिसकेका छन् ।