काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्ज एयरपोर्टमा शनिबार साँभm आफ्नो कारणले बुद्ध एयरका यात्रुलाई परेको असुविधाप्रति माफी मागेका छन् ।


ADVERTISEMENT


शनिबार कैलालीको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर काठमाडौं फर्किने क्रममा नेपालगञ्ज एयरपोर्टमा मन्त्री भट्टराई केहीबेर ढिला आइपुग्दा यात्रुले उनीमाथि आक्रोश पोखेका थिए । उक्त घटना भएको केही घण्टापछि मन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत क्षमा मागेका हुन् ।


ADVERTISEMENT

# # #


मन्त्री भट्टराईले सम्पूर्ण यात्रु र विमानका कर्मचारीहरुले देखाएको समझ्दारीप्रति धन्यवाद समेत व्यक्त गरेका छन् । मन्त्री भट्टराईले आफुमाथि प्रस्तुत हुने केही व्यक्तिले पारसका विरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर आफुहरुलाई दुःख दिएको भन्दै गाली गरेको सुनेको र उनीहरुको नियत प्रस्ट भएको समेत बताएका छन् ।

उडान ढिला भएपछि यात्रुद्वारा मन्त्री भट्टराईमाथि दुर्व्यवहार

यस्तो छ मन्त्री भट्टराईको स्टाटस : 

आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ र्फकने मेरो योजना रहेको थियो । तर, कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं र्फकने क्रममा केही ढिला हुन गएको सत्य हो ।

सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोलि प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जवाफ दिने कार्यक्रम रहेका कारण काठमाडौं र्फकनैपर्ने दबावमा म थिएँ । नेपालगञ्ज विमानस्थलमा ३–४ जना व्यक्तिहरु आक्रामक शैलीमा मेराविरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने । त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालें । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु ।’

मेरा कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति भने क्षमाप्रार्थी छु ।