काठमाडौं – नेपालगञ्जबाट काठमाडौं आउने क्रममा बुद्ध एयरको जहाजलाई एक घण्टा कुराएको भन्दै यात्र्हरुले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुर्व्र्यवहार गरेका छन् ।


ADVERTISEMENT


मन्त्रीले शनिबार साँझ आफ्नो व्यक्तिगत प्रयोजनका लागि उडान होल्ड गरेको र सोही कारण एक घण्टा ढिला भएको भन्दै यात्रुहरूले यात्र्हरुले मन्त्री भट्टराईमाथि गालीगलौजसहित दुर्व्र्यवहार गरेका हुन् । सञ्चारकर्मी ज्ञानेन्द्र शाहीलगायतका युवाहरुले मन्त्री भट्टाईसंग निकै आक्रामक शैलीमा सवाल जवाफ गरेका थिए । शाहीको टोलीले प्लेनको सिटमा बसिसकेका मन्त्री भट्टराईलाई एक घण्टासम्म कुराएर यात्रुलाई सास्ती दिएको भन्दै र्‍याखर्‍याख्ती पारेको भिडियो सार्वजनिक गरेको छ ।


ADVERTISEMENT

# # #


हामी तपाईलाई सम्मान गर्छौं भन्दै मन्त्रीलाई थर्काएपछि शाहीले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘मन्त्री योगेश भटराईलाई आज नेपालगञ्ज एअरपोर्टमा रामधुलाई गरियो । मन्त्री योगेश भट्टराईले आज नेपालगञ्ज एअरपोर्टमा १ घन्टा प्लेन कुराएपछि हामी नागरिकले रामधुलाई गरियो । विचरा मन्त्रीज्यु मुसो लुकेजसरी लुक्नु भो । अब नागरिक सचेत भैसके । अरिङगालका दिनगन्ती सुरु ।’

उक्त उडान मन्त्रीकै कारण ‘डिले’ भएको वा अन्य केही कारणले भएको हो ? यसबारेमा विमानस्थल कार्यालय र बुद्ध एयरले कुनै पनि प्रतिक्रिया दिएका छैनन्।

के हो घटना ?

शनिबार कैलालीको टीकापुर पार्कमा डल्फिन महोत्सव आयोजना गरिएको थियो । मन्त्री भट्टराईलाई प्रमुख अतिथिको रुपमा निम्त्याइएको थियो । कार्यक्रम ढिला सुरु भएकोले सकिन पनि ढिला भयो ।

आइतबार संसदमा सांसदका प्रश्नको जवाफ दिनुपर्ने भएकाले मन्त्रीलाई शनिबार नै काठमाडौँ फर्किनुपर्ने बाध्यता थियो । जसका लागि धनगढीबाट काठमाडौँ फर्किन सक्ने अवस्था नरहेपछि मन्त्रीको सचिवालयले नेपालगञ्जबाट बुद्ध एयरको अन्तिम उडानमार्फत काठमाडौँ आउने व्यवस्था मिलाएको थियो । त्यही तालिका अनुसार मन्त्री धनगढीबाट नेपालगञ्ज गाडीमै आएका थिए ।

मन्त्री ढिला आएकाले उडान रोकिएको भन्दै यात्रुहरुले आक्रोश पोखेका हुन् ।